नियम २०
काम गर्नमा प्रतिबन्ध
(१) यस नियमावली बमोजिम पर्यटक र परिवारको सदस्यको हैसियतल भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउने छैन ।
(२) यस नियमावली बमोजिम भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको निमित्त भिसा प्राप्त गरेको हो सो बाहेक अन्य काम गर्न पाइने छैन ।